आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथो आज खोजे मैले तिमी एउटै ।।
अप्सरानै हौकी तिमी मेरो आँखा यस्तो होकी ।
कहाँ बाट आयौ तिमी सौदर्यको खानि बोकी
मेरो सारा दु:ख बुझ्ने भेटे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।
बाचिदिन्छु तिम्रो निम्ती खुशीदीइ सयौ जूनी ।
पवित्र त्यो जल भन्दा शुद्ध मनको म छुनी ।।
फुलहरुको भिड भित्र देखे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथो आज खोजे मैले तिमी एउटै
बेदनाले मेरो छाती फुटे जस्तो लाग्छ ।
ReplyDeleteभित्रभित्रै मेरो मुटु टुटे जस्तो लाग्छ ।।
======================
सम्झनाको भुमरिमा बेहोस भै ढल्छु ।
अतितको खातहाली आगो संगै बल्छु ।।
नियतिले मेरो खुशी लुटे जस्तो लाग्छ ।
बेदनाले मेरो छाती फुटे जस्तो लाग्छ ।।
======================
कती सहु मैले मात्र दु:ख पिढा सधैं ।
आधी जुनि तेसै गयो आधाछनी अझै ।।
दैब सबै मैइ माथि जुटे जस्तो लाग्छ ।
बेदनाले मेरो छाती फुटे जस्तो लाग्छ ।।
======================
बेदनाले मेरो छाती फुटे जस्तो लाग्छ ।
भित्रभित्रै मेरी मुटु टुटे जस्तो लाग्छ ।।
=====================
रचनाकार-स्टारहाङ बान्तवा "जलन"हाल इंडिया बाट
बिमल कुमार सुनार
नया गाऊ ४ भुर्तुंग
इमेल : bimalkumar.sunar@gmail.com
vipan.kumar1990@yahoo.com