Thursday, July 7, 2011

[बिमल कुमार सुनार तपाई को साथी

तिमीले मलाई जालमा फसायौ ।। तानेर मलाई काखमा बसायौ । ================ यौवन उर्लेर आएछ तिमीमा । छानेर मलाई नालिमा पसायौ ।। ================ आगोको रागमा मलाई हालेर । तरल बनेर तिमी चै रसायौ ।। =============== कठोर मनको रहेछौ निस्थुरी । मुटुमा धारिलो छुरानै भसायौ ।। ================ तिमीत पवित्र भएछौ बैमानी । नाचेर मलाई खरानी घसायौ ।। =============== कुरात सधैंनै महान गर्थ्यौ नी आफ्नै हुँ भनेर दुनियाँ हसायौ ।। ================ तिमीले मलाई काखमा बसायौ । तानेर मलाई जालमा फसायौ ।। ================

Wednesday, July 6, 2011

बिमल कुमार सुनार तपाई को साथी

आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथो आज खोजे मैले तिमी एउटै ।।


अप्सरानै हौकी तिमी मेरो आँखा यस्तो होकी ।
कहाँ बाट आयौ तिमी सौदर्यको खानि बोकी
मेरो सारा दु:ख बुझ्ने भेटे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।


बाचिदिन्छु तिम्रो निम्ती खुशीदीइ सयौ जूनी ।
पवित्र त्यो जल भन्दा शुद्ध मनको म छुनी ।।
फुलहरुको भिड भित्र देखे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।।


आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटै ।
जीवनको साथो आज खोजे मैले तिमी एउटै